ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड आर्थिक सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमका बीच पाटन अस्पताललाई ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले चेक हस्तान्तरण गर्नु भयो । कार्यक्रममा मेयर महर्जनले अस्पतालले महानगरबासीलाई पुरयाएको सहयोगको लागि महानगरले थोरै भएपनि सहयोग गर्न पाएकोमा सन्तोष मिलेको बताउनु भयो । सहयोगको शिलशिला बल्ल सुरु भएको भन्द मेयर महर्जनले आगामी दिनमा निरन्तर सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत रहेको पाटन अस्पताल पुरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ । यस अस्पताल अन्तरगत रहेको स्याटलाइट अस्पतालहरुले देशैभरी सेवा दिइरहेका छन् ।
The following two tabs change content below.

Nepal's First Business Television.

Latest posts by Business TV Nepal (see all)
- बिहिबार सुनको मूल्यमा गिरावट, तोलाको ५०० रुपौले घट्यो - February 25, 2021
- सरकारी कर्मचारीको सञ्चयकोषको भुक्तानी विद्युतीय माध्यमबाट - February 25, 2021
- प्रधानमन्त्री ओलीले गरे निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण - February 12, 2021
Comment here