निर्यात व्यवसायी महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात दोब्बर गर्ने रणनैतिक योजना तयार पारेको बताएको छ । शनिबार काठमाडौंमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा महासंघले आगामी तीन वर्षमा अहिले हुँदै आएको निर्यातको दोब्बर निर्यात गर्ने रणनैतिक योजना तयार पारेको बताएको हो । महासंघका अध्यक्ष रामबहादुर गुरुङले महासंघसँग आबद्ध सबै पक्षसँग अन्तरक्रिया गरी तीन वर्षे रणनीतिक योजना तयार पारिएको बताउनु भएको छ ।
उहाँले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको खम्बाको रुपमा स्थापित गर्दै देशको आर्थिक सामाजिक अवस्था सुध्रिढ गर्न प्रतिवद्ध व्यवसायीहरुद्धारा रणनीति तयार पारिएको पनि बताउनुभयो । महासंघले आगामी तीन वर्षमा नेपालको निर्यात १ खर्बबाट २ खर्बमा पुर्याउने रणनीति बनाएको र आगामी पाँच वर्षमा ७ खर्ब निर्यात पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।

निर्यात बढाउनका लागि महासंघले सरकार र व्यवसायीहरुको बीचमा समन्वय गरी निर्यात व्यवसायीको संरक्षण गर्ने काम गर्दै आएको पनि अध्यक्ष गुरुङले बताउनुभयो । यस्तै निर्यात प्रवर्धनका लागि उपयुक्त नीतिगत एवं व्यवहारिक व्यवस्थाका लागि महासंघले छोटो समयमा महत्वपूणर् कार्य गर्न सफल भएको उहाँको भनाई छ ।


Latest posts by Business TV Nepal (see all)
- बिहिबार सुनको मूल्यमा गिरावट, तोलाको ५०० रुपौले घट्यो - February 25, 2021
- सरकारी कर्मचारीको सञ्चयकोषको भुक्तानी विद्युतीय माध्यमबाट - February 25, 2021
- प्रधानमन्त्री ओलीले गरे निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण - February 12, 2021
Comment here