सरकारले जनअपेक्षा अनुरुप बजेट ल्याए आर्थिक विकास सहज हुने सरोकारवालाहरुको भनाई

सरकारले बजेटमा सहि व्यवस्था ल्याउन सके उच्च दरमा आर्थिक विकास हुनसक्ने सरोकारवालाहरुले बताएका छन् । निजी क्षेत्रबाट बजेटका लागी सुझावहरु संलगन भईरहेका बेला निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था तथा अर्थविदहरुले त्यस्तो बताएका हुन् । अर्थविद डा. चन्द्रमणी अधिकारीले सरकारले विकासमा ध्यान दिने हो भने खास खास विषयमा विशेष ध्यान दिएर वजेट बनाउनुपर्ने बताए । त्यसैगरि अर्थशाश्त्रका सह प्राध्यापक डा. रघुविर विष्टले सरकारले जनअपेक्षा मुताविक वजेट ल्याउन सके आर्थिक बृद्धिपनि सगसगै आउन सक्ने तर्क गरे ।
गणतन्त्र स्थापना पछि वनेको संविधानले मुलतः सरकारको स्थायित्वको दिशा लिएका बेला निजी क्षेत्र पनि उस्ताहित रहेको र सरकारले सकारात्मक कदमको अपेक्षा गरेको नेपाल उद्योग परिसंघका महाप्रवन्धक माधव प्रसाद पौडेलले बताए । महाप्रवन्धक पौडेलले आफ्ना सातै प्रदेशबाट सल्लाह र सुझाब हरु संकलन गरिरहेको र सरकारलाई सुझाव दिने वताए ।

Spread the love