बैंक अफ काठमाण्डौले ल्यायो अन्तरास्ट्रिय भुक्तानी सेवा कार्यक्रम

 

बैंक अफ काठमाण्डौले आफ्ना ग्राहकहरुलाई लक्षित गरी अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि  BOK eCom USD  ‘प्रिपेड कार्ड सेवा’ प्रयोगमा ल्याएको छ। सो सुबिधा अन्तर्गत उक्त बैकमा खाता रहेका ग्राहकहरुले प्रति वर्ष पाँच सय अमोरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।यो सेवा भारत बाहेक अन्य देशहरुको ई –कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरि पाँच सय अमोरिकी डलर सम्मको वस्तु वा सेवा अनलाईन भुक्तानी गर्न  सकिने बैक अफ काठमाण्डौले जनाएको छ। सो सुविधा उपभोग गर्न ग्राहकहरुले प्यान कार्ड सहित निवेदन उपलब्ध गराई जुन सुकै शाखाबाट उक्त सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

Spread the love

Comment here