यूएन कार्यालय अगाडि प्रदर्शन

म्यानमारमा भएको सैनिक दमनको विरुद्धमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको भवन अगाडि प्रदर्शन भएको छ। प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार सङ्गठन र न्यायका लागि मानवअधिकार सञ्जालले शुक्रबार विहान संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । म्यानमारमा भएको नरसंहारको विरुद्धमा उत्रिएका मानवअधिकारकर्मीहरुले भारत र चीनले समेत दमनको मौन समर्थन दिएको भन्दै विरोध जनाएका छन् ।प्राजातान्त्रिक विचार समाज नेपालका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले म्यानमारमा भएको नरसंहारको विरुद्धमा छिमेकी राष्ट्रहरु नै चुप लागेर बसेको भन्दै आपत्ति जनाउनु भयो । मानवअधिकारकर्मीहरुले ‘म्यानमारमा सैनिक दमन बन्द गर’, ‘म्यानमारमा मानवअधिकार उलङ्घन बन्द गर’, ‘म्यानमारमा सैन्य शासनद्धारा गरिएको नरसंहारको घोर भत्र्सना गर्दछौं’, ‘म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर’, ‘शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर’ लगायतका नारा लेखिएको व्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

Spread the love