एभरेष्ट बैंकको सिइओमा पहिलो पटक नेपाली नागरीक नियुक्त

एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङलाई नियुक्त भएका छन् । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नागरीक नियुक्त भएका हुन । स्थापनाको २५ वर्षसम्म भारतीय नागरिकलाई प्रमुख कार्यकारी बनाएको एभरेष्ट बैंकले सुदेश खालिङलाई नियुक्त गरेको हो।

खालिङ सिटिजन्स बैंकको संचालक समिति अध्यक्ष हुन् । खालिङ सिटिजन्सको सञ्चालक हुनुअघि लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए। लक्ष्मी बैंकको मूख्य जोखिम अधिकृतको जिम्मेवारीसहित कार्यकारी भाइस प्रसिडेन्डबाट उनी प्रमुख कार्यकारी बनेका थिए। चार बर्षे कार्यकाल पुरा गरी उनी त्यँहाबाट बाहिरिएका थिए

Spread the love

Comment here