शेयर बजारमा ७ अर्ब २९ करोडभन्दा बढीको कारोवार

शेयर बजार परिसुचक नेप्से सोमबार १ दशमलव १३  अंकले वृद्धि भएर २ हजार  ६ सय ५८ दशमलव ७४ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ०९ अंकले वृद्धि भएर  ४ सय ७१ दशमलव ८४ पुगेको छ ।

सोमबार शेयर बजारमा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १ सय ५६ रुपैयाको कारोवार भएको छ । सोमबार १ करोड ५८ लाख ५३ हजार ९सय ९३ कित्ता शेयरको कारोबार भएको हो । सो कारोवार ७३ हजार ५९८ पटकमा खरिद बिक्री भएको हो।

सोमबार बैकिङ ,विकास बैक र फाइनन्स तिनै वित्तिय क्षेत्रको समुहगत परिसुचकमा गिरावट आएको छ । बैकिङ क्षेत्रमा ० दश मलव ६५ प्रतिशतले गिरावट आएको  हो । त्यसैगरी ० दशमलव ५ प्रतिशतले विकास बैक क्षेत्रमा  र फाइनन्स  क्षेत्रमा  ० दशमलव ०८ प्रतिशतले गिरावट आएको  हो । त्यसैगरी हाइद्रोपावर , माइक्रो फाइनन्स, व्यापार, उत्पादन  र अन्य क्षेत्रको समुहगत परिसुचकमा पनि वृद्धि भएको छ ।  लगानी र लाईफ इन्सोरेन्सको  क्षेत्रमा  गिरावट आएको छ ।

सोमबार  चार ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ । एनआईसी एशिया लघुवित्तको शेयर मूल्य  ९ दशमलव ९९ प्रतिशत बढेर सबै भन्दा बढी नाफा कमाएको छ ।  राधी विद्युत् कम्पनीको ९ दशमलव ९८ प्रतिशत,वोमी लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९५ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्स शेयर मूल्य ९ दशमलव ७७ प्रतिशतका दरले वृद्धि भएको छ । सोमबार श्री इन्भेस्मेन्ट फाइनन्सको शेयरमूल्य सर्वाधिक ३ दशमलव ३६प्रतिशतले घटेको छ ।  सोमबार सबैभन्दा बढी कारोवार अपर तामाकोशीको  भएको भएको छ। कम्पनीको रू. ३४ करोड ७५ लाख ६८ हजारभन्दा बढीको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयर प्रतिशेयर रू. ९०८ पुगेको हो  ।

Spread the love