सन्राइज बैंकद्वारा निशुल्क आँखा शिविर सम्पन्न

सन्राइज बैंक विरगंज शाखा र लायन्स क्लब विरगंजद्वारा आ .एम केडिया आई अस्पतालको सहयोगमा विरगंज ३१,परसौनिमा मिति २०७७ चैत्र २१ गते निशुल्क आँखा शिविर सम्पन्न भएको बैक ले जनाएको छ ।बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सर्वसाधारणलाई सहज स्वास्थ सुबिधा दिने उद्देश्यसाथ उक्त कार्यक्रम सम्पन्न भएको जनाएको हो ।सो कार्यक्रम सम्पन्न गर्न बैंकले लायन्स क्लब विरगंजलाई रु  १,८०,००० रकमको आर्थिक सहयोग गरेको र शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको तथा उक्त शिविरमा अस्पतालको ७ जना टोलिले सेवा प्रदान गर्नुभएको बैकले बाताएको हो । समस्या देखिएका १००जनाकोसमेत निशुल्क उपचार हुने जानाएको छ ।

Spread the love