कालिमाटी फलफूल तथा तरकारी बजार, माछापोखरीमा बैंक अफ काठमाण्डूको (QR Code) सेवा औपचारिक शुभारम्भ

बैंक अफ काठमाण्डूद्वारा आफ्नो डिजिटल कारोबार (QR Code) विस्तारित गर्नेक्रममा श्री कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी(QR Code) सेवाको आज मिति २०७७ चैत्र २७ गते शुक्रबार एक औपचारीक कार्यक्रमका बिच श्री नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक श्री भुवन कडेंलज्यूबाट समुद्घाटन भएको हो । उक्त शुभारम्भ कार्यक्रम श्री कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक श्री अर्जुन अर्यालज्यू तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री शोभन देव पन्तज्यूको आतिथ्यतामा सम्पन्न भएको बैकले जनाएको छ  ।

उक्त औपचारिक शुभारम्भ कार्यक्रममा श्री नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक श्री भुवन कडेंलज्यूले फलफूल तथा तरकारी खरिद गरी डिजिटल तवरले (QR Code) स्क्यान गरी भुक्तानी गर्नुभयो ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै श्री नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक श्री भुवन कडेंलज्यू,श्री कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक श्री अर्जुन अर्यालज्यू लगायतले डिजिटल तवरले भुक्तानी गर्ने व्यवस्था मिलाएकोमा श्री बैंक अफ काठमाण्डू लिमिटेड र श्री कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिलाई धन्यवाद ज्ञापन गर्नु भएको बैकले जनाएको हो ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री शोभन देव पन्तज्यूले यस नगद रहित कारोबारको अभियानलाई बैंकले प्राथमिकतामा राखेर अगाडी बढाई रहेको जानकारी गराउनुभयो ।

Spread the love