नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल चयन हुनुभएको छ । उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित हुनुभएको छ । कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि गर्नुभएको छ । कार्यसमितिका निर्वाचित ५५ सदस्यहरूको नाम यसैसाथ संलग्न छ ।

वाणिज्य तर्फ श्री कमलेश कुमार अग्रवाल, श्री दिपक कुमार मल्होत्रा, श्री मनोज कुमार केडिया,श्री निलकण्ठ चौलागाई, श्री सन्तोष कुमार पाण्डे, श्री नवराज ढकाल,श्री राष्ट्रभुषण चाकुबजी, श्री राजु श्रेष्ठ, श्री दिपक काजी तुलाधर, श्री सुरेन्द्र कुमार सारदा, श्री निरज राई,श्री राम श्रेष्ठ, श्री टिकाराम शर्मा ढुंगेल, श्री अशोक कुमार अग्रवाल, श्री कैलाशचन्द्र गोयलगरी १५ सदस्य चयन हुनु भएको छ ।

त्यसैगरी उद्दोग तर्फ ९ जना सदस्य चयन हुनु भएको छ ।  श्री राजेन्द्र मल्ल,, श्री राजेन्द्र प्रसाद अर्याल, श्री किशोर कुमार अग्रवाल, श्री सुमित कुमार अग्रवाल,श्री सुवास चन्द्र संघाई, श्री नरेन्द्र बल्लभ पन्त, श्री सुधिर मित्तल, श्री उर्मिला श्रेष्ठ र  श्री दिपेश रत्न तुलाधर चयन हुनु भएको छ ।

त्यसैगरी जिल्ला तर्फ श्री ओम कृष्ण विमली,श्री विजय साह,श्री पंकज जालान, श्री दीर्घमान श्रेष्ठ, श्री महादेव पोखरेल, श्री भाईचन्द्र श्रेष्ठ, श्री दिपक श्रेष्ठ, श्री भिमलाल पौड्याल, श्री सतिस कुमार अग्रवाल, श्री रोसन भोयद्यो, श्रीमति नन्द कुमारी लम्साल(निर्मला ), श्री सुगन्ध कुमार गुप्ता, श्री सुशिल पाण्डेय,श्री तुफान खड्का (तिलक) र श्री कृष्णमान श्रेष्ठ गरी १५ सदस्य चयन हुनु भएको छ ।

त्यसैगरी नगर तर्फ श्रीमति मन्जु बज्राचार्य चयन हुनु भएको छ भने वस्तुगत संघ तर्फ श्री अर्जुन प्रसाद शर्मा, श्री सुरेन्द्र कुमार श्रेष्ठ र  श्री रमेश महर्जन चयन हुनु भएको छ ।

Spread the love

Comment here