‘पढाईको नयाँ फण्डा–मेरोस्कुल’ सार्वजनिक

एस्ट्रीक टेक्नोलोजिले डिजिटल इ–लर्निङ प्लाटफर्म ‘मेरोस्कुल’ सार्वजनिक गरेको छ। कोभिड १९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमणजोखिमका कारण भौतिक ट्यूसन तथा कोचिङ्ग पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यस प्लाटफर्म सार्वजनिक  गरेको हो ।
प्रविधिको युगमा यस्तो विषम परिस्थितीमा प्रविधिकै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले यस प्लाटफर्मकोविकास गरिएको हो। ‘पढाईको नयाँ फण्डा’ स्लोगन सहित सार्वजनिकभएको यो प्लाटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमासहयोग गर्नेछ।

के हो मेरोस्कुल? मेरोस्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ तपाईले नेपालसरकारको पाठ्याक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरु पाउनुहुनेछ। यसका साथै यहाँ तपाईले पुराना प्रश्नपत्रहरु हल गरिएकाभिडियोहरु पनि पाउन सक्नुहुनेछ।यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ। यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयारपारिएका हुन्। शैक्षिक पाठ्यक्रमका अलावा यहाँ तपाईहरुले डिजाइनिङकोर्स, ल्याङवेज कोर्स लगायतका कोर्सहरू पनि पाउन सक्नुहुनेछ। यस प्लाटफर्म  सार्वजनिक भएको उपलक्ष्यमा १ महिनाको लागि ट्यूटोरियलभिडियाहरु निःशुल्क हेर्न सकिनेछ। यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडियोहरु हेरी पढ्न सक्नेछन्। अफलाइन भ्यूइङ्ग फिचर पनि भएकोले यहाँ भएका शैक्षिक सामाग्रीहरु आफुले चाहेको समयमा चाहेकोठाउँमा बसी सुपथ मूल्यमा हेर्न सक्नेछन्।

Spread the love