नेपालको विजयी सुरुवात

कुशल भुर्तेल र आशिफ शेखको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले आजबाट सुरु भएको त्रिकोणात्मक शृखंलामा नेदरल्यान्ड्समाथि ९ विकेट जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आशिफ शेखले व्यक्तिगत अर्धसतकीय इनिङ खेल्दा नेपालले घरेलु मैदानमा विजयी सुरुआत गरेको हो । नेपालले १५ ओभरमा प्रस्तुत लक्ष्य मात्र एक विकेटको क्षतिमा भेटउन सफल भएको हो ।कुशल भुर्तेल र आशिफ शेखको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले आजबाट सुरु भएको त्रिकोणात्मक शृखंलामा नेदरल्यान्ड्समाथि ९ विकेट जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आशिफ शेखले व्यक्तिगत अर्धसतकीय इनिङ खेल्दा नेपालले घरेलु मैदानमा विजयी सुरुआत गरेको हो । नेपालले १५ ओभरमा प्रस्तुत लक्ष्य मात्र एक विकेटको क्षतिमा भेटउन सफल भएको हो ।

डेब्यु खेलमा ओपरनद्वय कुशल र आशिफले उत्कृष्ट खेल प्रदर्शन गरेका हुन् । पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी गर्दा ४६ बलको सामना गरेका कुशलले ५ चौका ५ छक्काको मद्दतमा ६२ रन जोडेका थिए । कुशल क्याच आउट भएका थिए । सुरुआतबाट नै विस्फोटक इनिङ खेलेका कुशललाई आसिफले साथ दिएका थिए । कुशल पवेलियन फर्किएपछि चलेका आशिफले ४ चौका र ४ छक्काको मद्दतमा व्यक्तिगत ५४ रन जोड्दा अविजित रहेका हुन । ज्ञानेन्द्र मल्ल ११ रनमा नट आउट रहे ।
पहिलो विकेटका लागि भएको १ सय १६ रनको साझेदारी नेपाली ट्वान्टी–२० क्रिकेटमा कीर्तिमान रह्यो । डेब्यु खेलाडीले बनाएको कीर्तिमानलाई यस अघि भएको १ सय ८ रनको साझेदारी तोडिएको हो । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागमा कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले बनाएको कीर्तिमान भंग भएको हो ।घरेलु दर्शकको साथ पाएको नेपाली टोलीविरुद्ध बलिङ गर्दा युलियन डे मेको नाममा एक विकेट रह्यो ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको नेदरल्यान्ड्स तेस्रो ओभरमा१२ रन हुँदा २ विकेट गुमाएको थियो । टिमका लागि दोस्रो ओभर बलिङ गरेका सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए । नेदरल्यान्ड्सका म्याक्स ओ डोवडलाई एलबीडब्लुको धरापमा पारेका थिए । म्याक्सले ११ बलमा दुई चौका सहित १० रनको योगदान गर्दै पवेलियन फर्किएका थिए । दोस्रो विकेटको रुपमा बेन कोपरलाई शुन्य रनमा गुमायो । सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा कोपरलाई एलबीडब्लु धरापबाट पवेलियन फर्काएका थिए । त्यसपछि मैदान आएका बास डे लीडेले स्कट इड्वार्डसँग ६१ रनको साझेदारी गरे । ३० रनमा खेलिरहेका इड्वार्ड शाहब आलमको बलमा आरिफ सेखको हातबाट क्याच आउट हुँदै पेभिलियन फर्किएका थिए । उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । शाहबको यो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु विकेट समेत बन्यो । नेदरल्यान्ड्सले चौथो विकेटको सबै भन्दा धेरै रन बनाएका बास डे लीडेलाई गुमायो ।

उनी ४१ रनमा पेभिलियन फर्किएका थिए । उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । कप्तान पिटर सिलर २३ र एन्टोनिअस स्टल २० रनमा अविजित रहे । पिटरले १७ बलमा २ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । त्यस्तै स्टलले ९ बलमा २ चौका र १ छक्का सहित २० रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र शाहब आलमले एक एक विकेट लिए । शाहब सबैभन्दा महंगा खेलाडी सावित भए । उनले चार ओभर बलिङ गर्दै ४५ रन खर्चेर एक विकेट लिएका थिए ।अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ भने पराजित नेदरल्यान्ड्सले आज मलेशियासँग प्रतिस्पर्धा गर्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने श्रृंखलाको शीर्ष दुई टिमले उपाधिका लागि भिड्नेछन् ।

Spread the love