बुधवार शेयर बजारमा म्युचुअल फण्ड बाहेकका सबै परिसूचक घटे

शेयर बजार परिसुचक नेप्से बुधवार ३२ दशमलव ४१ अंकले  घटेर २ हजार ६३२ दशमलव २० पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६ दशमलव २१ अंकले घटेर  ४७३ दशमलव ३९ पुगेको छ। बुधवार शेयर बजारमा रू. ५ अर्व ७७ करोड, २२ लाख ५१ हजार २ सय ३ रुपैयाको कारोवार भएको छ । बुधवार १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयरको कारोबार भएको हो । सो कारोवार ६६ हजार ४८० पटकमा खरिद बिक्री भएको हो।

बैकिङ ,विकास बैक र फाइनन्स तिनै वित्तिय क्षेत्रको समुहगत परिसुचकमा गिरावट आएको छ । बैकिङ क्षेत्रमा१ दशमलव ३६ प्रतिशतले गिरावट आएको  हो । त्यसैगरी २ दशमलव १ प्रतिशतले विकास बैक क्षेत्रमा  र फाइनन्स  क्षेत्रमा १ दशमलव ५९ प्रतिशतले गिरावट आएको  हो । त्यसैगरी हाइद्रोपावर ,  व्यापार, उत्पादन, लाईफ इन्सोरेन्स, लगानी  र अन्य क्षेत्रको समुहगत परिसुचकमा पनि गिरावट आएको छ ।
बुधवार चार ओटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।ज्योति लाईफको ९ दशमलव ९९ प्रतिशत बढेर सबै भन्दा बढी नाफा कमाएको छ । महिला लघु वित्त वित्तिय संस्थाको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत ग्रीन डेभलपमेन्ट बैकको ९ दशमलव ९० प्रतिशत  र हिमाल दोलखा हाइड्रो पावर कम्पनीको ९ दशमलव शून्य ८० प्रतिशतले शेयरमूल्य बढेको हो । बुधवार लेबेर्ट्री इनर्जी कम्पनीको शेयरमूल्य सर्वाधिक ५ दशमलव शून्य १७ प्रतिशत घटेको छ ।बुधवार म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशत बढेको छ ।
बुधवार सबैभन्दा बढी शेयर कारोवार एनेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । बुधवार यस बैंकको २५ करोड ४५ लाख ९८ हजार बराबरको शेयर कारोबार भएको हो ।
Spread the love