शेयर बजार परिसुचक नेप्से विहीवार १५ दशमलव ८० अंकले  वृद्धि

शेयर बजार परिसुचक नेप्से विहीवार १५ दशमलव ८० अंकले  वृद्धि भएर २ हजार ६४८ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव २१ अंकले बढेर ४७६ दशमलव ६०  पुगेको छ ।

विहीवार शेयर बजारमा  रू. ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार बराबरको कारोवार भएको छ । विहीवार १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता  शेयरको कारोबार भएको हो । सो कारोवार ७५ हजार १०८ पटकमा खरिद बिक्री भएको हो।

विहीवार बैकिङ ,विकास बैक र फाइनन्स तिनै वित्तिय क्षेत्रको समुहगत परिसुचकमा वृद्धि भएको छ । बैकिङ क्षेत्रमा शून्य दशमलव ५१ प्रतिशत, १ दशमलव ३३ प्रतिशतले विकास बैक क्षेत्रमा र शून्य दशमलव ११ प्रतिशतले फाइनन्स क्षेत्रमा वृद्धि भएको  हो । त्यसैगरी हाइद्रोपावर क्षेत्रमा शून्य दशमलव १९ प्रतिशतले, व्यापार क्षेत्रमा शून्य दशमलव ३१ प्रतिशत,माइक्रो माइनन्स क्षेत्रमा १ दशमलव ०२ प्रतिशतले  उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८६ प्रतिशत,जीवन बीमाको शून्य दशमलव ६७ प्रतिशत ,अन्यको १ दशमलव शून्य ७ प्रतिशत र लगानी समूहको शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको  छ ।  म्युचुअल फण्ड क्षेत्रमा शून्य दशमलव ४५  प्रतिशतले र होटल्स तथा पर्यटन समूहको १ दशमलव ४५  प्रतिशतले गिरावट आएको छ ।

विहीवार विशाल बजार कम्पनी शेयरमूल्य सर्वाधिक १० प्रतिशत  बढेर सबै भन्दा बढी नाफा कमाएको छ । विहीवार विशाल बजार कम्पनीको र  सिन्धु विकास बैकको शेयरमूल्य १० प्रतिशतले बढेर विद्दि भएको छ । विहीवार  महिला लघुवित्तको ९ दशमलव ९७ प्रतिशत, ग्रिन डेभलपमेण्ट बैंकको ९ दशमलव ९५ प्रतिशत, ज्योति लाईफ इन्स्योरेन्सको ९ दशमलव ९३ प्रतिशत र एनसीसी बैंकको ९ दशमलव ८४ प्रतिशतले शेयरमूल्य बढेको हो ।विहीवार  हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य सर्वाधिक ३ दशमलव ४४ प्रतिशतले घटेको छ  । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३ ले घटेर अन्तिम मूल्य रू. ३६५ कायम भएको हो । मंगलवार सबै भन्दा बढी कारोवार एनसीसी बैंकको भएको छ ।बैंकको रू. ६२ करोड २७ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको हो ।

Spread the love