शेयर बजार परिसुचक नेप्से मंगलवार ९२ दशमलव ४६ अंकले  वृद्धि

बैशाख १४, काठमाडौं । शेयर बजार परिसुचक नेप्से मंगलवार ९२ दशमलव ४६ अंकले  वृद्धि भएर २ हजार ५९९ दशमलव शून्य ७ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स  १४ दशमलव ४८ अंकले बढेर  ४६७ दशमलव २८  पुगेको छ ।

मंगलवार शेयर बजारमा  रू. ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ बराबरको कारोवार भएको छ । मंगलवार १ करोड २ लाख २ हजार २१९  कित्ता  शेयरको कारोबार भएको हो । सो कारोवार ६३ हजार ५५८  पटकमा खरिद बिक्री भएको हो।

मंगलवार बैकिङ ,विकास बैक र फाइनन्स तिनै वित्तिय क्षेत्रको समुहगत परिसुचकमा वृद्धि भएको छ । बैकिङ क्षेत्रमा २ दशमलव ६ प्रतिशत,३ दशमलव ४४ प्रतिशतले विकास बैक क्षेत्रमा र २ दशमलव ९१ प्रतिशतले फाइनन्स क्षेत्रमा वृद्धि भएको  हो । त्यसैगरी हाइद्रोपावर क्षेत्रमा ६ दशमलव ४८ प्रतिशतले, व्यापार क्षेत्रमा ५ दशमलव ५५ प्रतिशत,माइक्रो माइनन्स क्षेत्रमा ४ दशमलव ७७ प्रतिशतले  उत्पादन तथा प्रशोधनको ४ दशमलव ४९ प्रतिशत,जीवन बीमाको ३ दशमलव ४१ प्रतिशत ,अन्यको ३ दशमलव ६५ प्रतिशत र लगानी समूहको ४ दशमलव ६५ प्रतिशतले वृद्धि भएको  छ ।

मंगलवार अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको  शेयरमूल्य सर्वाधिक १० प्रतिशत  बढेर सबै भन्दा बढी नाफा कमाएको छ । विहीवार विशाल बजार कम्पनी,महिला लघुवित्त ,युनाइटेड इन्स्योरेन्स,  समीट लघुवित्त वित्तीय संस्था, मल्टिपर्पस फिनान्स , ग्लोबल आइएमई लघुवित्त, अरुणभ्याली हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त र युनाइटेड ईदी मर्दी आरबिबि हाइड्रोपावरको शेयरमूल् ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

मंगलवार सबै भन्दा बढी कारोवार अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ । रू. २३ करोड ८२ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको हो ।

Spread the love