खाद्यान्न मौज्दात रहेको आपुर्ति मन्त्रालयको स्पष्ट

जेठ ५, काठमाडौं । कोभिड–१९ को दोस्रो लहर निषेधाज्ञामा समेत दैनिक उपभोग्य वस्तु खाद्यान्न, नुन तेल दाल चाम लगायत पेट्रोलियम पदार्थको आपूर्ति नरोकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

गत वैशाख १६ गतेदेखि निरन्तर जारी निषेधाज्ञाको बाबजुद पनि अन्तरदेशीय आपूर्ति व्यवस्था सहज रहेको र आवश्यक खाद्यान्न, नुन, तेल, दाल चामल लगायत पेट्रोलियम पदार्थको निरन्तर आपूर्ति भइरहेको मन्त्रालयले जनाएको हो ।

यस्तो आपूर्ति निषेधाज्ञाकै बीच अधिकतम ४९३ मालबाहक कन्टेनर (ट्रक) विभिन्न नाका गरि नेपाल प्रवेश गरेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार गत वैशाख १५ गतेदेखि जेठ ३ गतेसम्म कुल ४९३ मालवाहक कन्टेनर नेपाल प्रवेश गरेकोमा वीरगन्ज नाकाबाट अधिकतम १८३ कन्टेनर, जोगबनी नाकाबाट १५४, बेलहिया नाकाबाट १२२, जमुनाहा नाकाबाट २९ र त्रिनगर नाकाबाट ५ वटा मालबाहक कन्टेनर विभिन्न समयमा नेपाल प्रवेश गरेका छन् ।

यी ट्रकहरुले दैनिक उपभोग्य वस्तु खाद्यान्न, दाल, चामल, नुन तेल, चिनीसँगै पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको नै अधिकतम आपूर्ति गरेको मन्त्रालयको भनाइ छ ।

‘अतिरिक्त मेसिनरी मालसामान, उद्योग कलकारखानामा प्रयोग हुने कच्चा पदार्थ, गार्मेन्ट, लत्ताकपडा लगायतका सामानहरुबाहेक दैनिक उपभोग्य वस्तुहरुको आयातमा कुनै कमी आएको छैन । निर्वाध आपूर्ति व्यवस्था सहज रहेको छ । गएको १५–१६ दिनमा मात्र अधिकतम दैनिक अत्यावश्यक माल वस्तु बोकका ४९३ कन्टेनरहरु नेपाल प्रवेश गरेका छन् । । त्यति मात्र होइन अहिलेकै अवस्थामा ५–७ महिनालाई पुग्ने खाद्यान्न लागयत दैनिक उपभोग्य वस्तुहरुको स्टक (मौज्दात) समेत रहेको छ । त्यसैले कसैले पनि दैनिक उपभोग्य वस्तुलाई लिएर चिन्तित हुनुपर्ने आवश्यकता छैन ।

त्यसो त निषेधाज्ञाकै बीच पनि निरन्तर सहज आपूर्ति भइरहेका बेला यता दैनिक उपभोग्य वस्तुको मौज्दातसमेत निकै राम्रो रहेको मन्त्रालयले जनाएको छ ।

Spread the love