बिजनेस टेलिभिजन (बिटिभी) को सम्पादकमा त्रिपाठी नियुक्त

जेठ ८, काठमाडौं । बिजनेस टेलिभिजन (बिटिभी) को प्रधान सम्पादक तथा निर्देशकमा विनोद त्रिपाठी नियुक्त भएका छन् ।

बिजनेस टेलिभिजनको संचालक संस्था वल्र्ड ट्रेड मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. शम्भु पोखरेलले नवनियुक्त त्रिपाठीलाई स्वागत गरेका थिए ।

प्रा.लिको मुख्यालय ट्रेड टावर थापाथलीमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष पोखरेलले त्रिपाठीको नियुक्तिले टेलिभिजनको उचाई झन बढ्ने बिश्वास व्यक्त गरे । देशको आर्थिक, बिकास र समृद्धिका लागि टेलिभिजनले योगदान पुर्याउँदै आएको बताउँदै डा. पोखरेलले आगामी दिनमा अझ शशक्त र परिस्कृत रुपमा जाने अबगत गराए ।

यो नेपालको पहिलो बिजनेस (बिटिभी) स्याट्लाइट टेलिभिजन हो । यो टेलिभिजनले आर्थिक क्षेत्रका बिबिध पक्षका मुद्धाहरु उठान गर्दे आएको छ ।

सम्पादक त्रिपाठीले टेलिभिजनलाई निष्पक्ष, स्वतन्त्र ढंगबाट लैजानका लागि बिभिन्न कार्यक्रम र समाचारहरु सधैं सन्तुलित हुने विश्वास दिलाए । कास्की पोखरामा जन्मेका त्रिपाठीले स्थानीय दैनिक हुँदै काठमाडौंबाट संचालन भएका बिभिन्न छापामाध्यम, टेलिभिजन र डिजिटल संचारमाध्यममा प्रधान सम्पादकको सफल भुमिका निर्वाह गरिसकेका छन् । उनि खरो रुपमा स्वतन्त्र पत्रकारिता गर्दे आएका छन् । नेपाली पत्रकारितामा उनको भुमिका दमदार पत्रकारका रुपमा चित्रित छ ।

Spread the love