सोमवार यस्तो छ तरकारीको मुल्य

जेष्ठ १० , काठमाडौ ।सोमबार काठमाण्डौमा आलु (रातो) को  मुल्यमा ३ रुपैया ले वृद्दि भएको छ ।आइतवार ३४ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य सोमबार ३७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।शुक्रवार काउली (स्थानिय)को मुल्यमा २ रुपैया ५० पैसाले गिरावट आएको छ ।आइतवार प्रती केजी ३७ रुपैया ५० पैसामा कारोवार भएको काउली (स्थानिय)को मुल्य सोमबार प्रती केजी ३५ रुपैयामा कारोवार भइरहेको छ ।

आइतवार प्रती केजी ४३ रुपैयामा कारोवार भएको प्याज सुकेको (भारतिय)सोमबार २ रुपैयाले घटेर ४१ रुपैयामा कारोवार भइरहेको छ ।आइतवार प्रतिकेजी ५५ रुपैयामा कारोवार भएको प्याज (हरियो) को मुल्य सोमबार पनि सोही मुल्यमा कारोवार भइरहेको छ ।

आइतवारको तुलनामा सोमबार गोलभेडा सानो(टनेल)को मुल्यमा २ रुपैया ५० पैसाले गिरावट आएको छ । आइतवार प्रतिकेजी ३७ रुपैया ५० पैसामा कारोवार  भएको  गोलभेडा सानो(टनेल)  आइतवार प्रतिकेजी ३५ रुपैयामा कारोवार भइरहेको छ । आइतवारको तुलनामा सोमबार गोलभेडा सानो(भारतीय)को मुल्यमा खासै परिवर्तन भएको छैन । आइतवार गोलभेडा सानो(भारतीय)  प्रतिकेजी २२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

Spread the love