शेयर बजार परिसुचक नेप्से सोमवार ४५ दशमलव २५ अंकले गिरावट

जेष्ठ १७, काठमाडौं । शेयर बजार परिसुचक नेप्से सोमवार ४५ दशमलव २५ अंकले  घटेर २ हजार ७८२ दशमलव ६८ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स  ६ दशमलव  ५८ अंकले घटेर  ५०० दशमलव ४७ पुगेको छ ।

सोमवार शेयर बजारमा  रू. १३ अर्ब ८९ करोड ८ लाख ८८ हजार बराबरको कारोवार भएको छ ।सोमवार ३ करोड ८ लाख ५४ हजार ७० कित्ता शेयर कारोबार भएको हो ।

सोमवार बैकिङ ,बिकास बैक र फाइनन्स तिनै वित्तिय क्षेत्रको समुहगत परीसुचकमा गिरावट आएको छ । बैकिङ क्षेत्रमा १ दशमलव शून्य १,  बिकास बैक क्षेत्रमा १ दशमलव ५१ र फाइनन्स क्षेत्रमा शून्य दशमलव ७४ प्रतिशतले गिरावट आएको छ।

यस दिन राधी विद्युत् कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ११४ ले बढेर अन्तिम मूल्य रू. १ हजार २५६ र सेन्ट्रल फाइनान्सको प्रतिकित्ता रू. ३२ ले बढेर अन्तिम मूल्य रू. ३५५ कायम भएको छ । यो दिन बरुण हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ५७ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४५ ले घटेर अन्तिममूल्य रू. ४२५ मा झरेको हो ।

साताको दोस्रो दिन यो दिन कारोबार रकममा सर्वाधिक हिस्सा राधी विद्युत् कम्पनीले ओगटेको छ  । यो दिन उक्त कम्पनीको रू. ९१ करोड ७ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको हो ।

Spread the love