सुनको मुल्य स्थिर

जेष्ठ १९ , काठमाडौँ ।बुधवार सुनको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । मङ्गलवार प्रतितोला ९४ हजार ५ सयमा कारोवार भएको छापावाला सुनको मुल्य बुधवार पनि प्रतितोला ९४ हजार ५ सयमा कारोवार भइरहेको छ । मङ्गलवार प्रतितोला ९४ हजारमा कारोवार भएको तेजावी सुनको मुल्य बुधवार पनि प्रतितोला ९४ हजारमा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । मङ्गलवार प्रतितोला १ हजार ३ सय ७० रुपैयामा कारोवार भएको चाँदीको मुल्य बुधवार प्रतितोला १ हजार ३ सय ६० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love

Comment here