शेयर कारोवार बुधबार सुधारोन्मुख, कारोवारीमा उत्साहित

जेठ १९, काठमाडौं । सरकारको बजेट भाषणपछि शेयर कारोवार कस्तो हुने हो भन्ने धेरैलाई लागेको थियो । तर, कारोवारमा उतारचढाव देखिएपनि केहि सकारात्मक पक्ष पनि देखिन थालेका छन् ।

बुधबार शेयर कारोवार अघिल्ला दिनहरुको तुलनामा सुधार देखिएको छ । बिवरण अनुसार, नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सििेटभ इन्डेक्स पनि ७ दशमलव ८३ अंकले बढेको छ । यस अघि सोमबार ४५ अंकले बजार घटेको थियो भने मंगलबार पनि दोहोरो अंकले घटेको थियो । सोमबार र मंगलबार लगातार घटेको सेयर बजारमा बुधबार भने उत्साह देखिएको छ ।

कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार देखिएको छ । मंगबलार ९ अर्ब भन्दा पनि कम भएको थियो । तर, बुधबार ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ ।

बुधबार समूहगत इन्डेक्समा म्युचुअल फण्ड बाहेकका सबै समूहका सवइन्डेक्सहरु बढेका छन् । दुई दिन लगातार जसो हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको थियो ।
कारोबार रकमका आधारमा पुनर्बिमा कम्पनी आज पहिलो नम्बरमा देखिएको छ । यो कम्पनीको आज १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । निषेधाज्ञामा पनि शेयर कारोवारले उत्साहजनक रुप लिएको छ ।

Spread the love