विहीवार सुनको मुल्यमा ४ सयले वृद्दि

जेष्ठ २० , काठमाडौँ ।विहीवार सुनको मुल्यमा ४ सयले वृद्दि भएको छ ।बुधवार प्रतितोला ९४ हजार ५ सयमा कारोवार भएको छापावाला सुनको मुल्य विहीवार प्रतितोला ९४ हजार ९ सयमा कारोवार भइरहेको छ । बुधवार प्रतितोला ९४ हजारमा कारोवार भएको तेजावी सुनको मुल्य ४ सयले वृद्दि भएर विहीवार  प्रतितोला ९४ हजार ४ सयमा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्यमा १५ रुपैयाले वृद्दि भएको छ । बुधवार प्रतितोला १ हजार ३ सय ६० रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार प्रतितोला १ हजार ३ सय ७५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love