सोमवार शेयर बजारमा  रू. १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार बराबरको कारोबार

जेठ ३१, काठमाडौं ।शेयर बजार परिसुचक नेप्से सोमवार १ दशमलव ४३ प्रतिशत बढेर नेप्से परिसूचक ३ हजार २५ दशमलव ८३  पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ९७ प्रतिशत बढेर  ५५० दशमलव ०१  पुगेको छ ।

सोमवार सर्वाधिक रकमको कारोबारको हिस्सा अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले ओगटेको छ । उक्त कम्पनीको रू. ६२ करोड ५९ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको हो ।सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य भने यो दिन ४ दशमलव ७० प्रतिशत घटेर रू. ५४७ कायम भएको छ

सोमवार शेयर बजारमा  रू. १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार बराबरको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर कारोबार भएको हो  । बुधवार सर्वाधिक रकमको शेयर कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ८७ करोड ९४ लाख ९० हजार बराबरको शेयर कारोबार भएको हो ।

ङदी ग्रुप पावरको ९ दशमलव ९८ प्रतिशत, ओरियण्टल होटलको ९ दशमलव ९६ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ९६ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ९ दशमलव ९५ प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशतले बढेको छ ।हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमण्ट एण्ड डेभलपमेण्ट कम्पनीको ९ दशमलव ८१ प्रतिशत, सोल्टी होटलको ९ दशमलव ७७ प्रतिशत र हिमालयन डिष्टिलरीको ९ दशमलव ७० प्रतिशत मूल्य बढेको छ ।

Spread the love