घट्यो शेयर बजार, खानीखोलाको कारोवार भने बढ्यो

असार ३, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार नेप्से परिसूचक १ दशमलव २९ अंकले घटेर २ हजार ९६८ दशमलव ४३ विन्दुमा रोकिएको छ ।
नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भनेको खानीखोला हाइड्रोको शेयर मूल्य नै आज सबैभन्दा धेरै बढेको छ । अन्यको घटेको छ । सीईडीबी हाइड्रोपावरको प्रतिकित्ता रू. ४८ ले घटेर अन्तिम मूल्य रू. ६८५ मा झरेको छ । जेठ २६ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको उक्त कम्पनीको शेयरमूल्य छैटौं दिनसम्म निरन्तर उच्च दरमा बढेर सातौ दिन सर्वाधिक घटेको हो ।

साताको अन्तिम दिन सेयर बजारमा ११ अर्ब रुपैयाँ भन्दा कम मूल्यको सेयर किनबेच भएको छ । यो कारोबार रकम १ दिन बाहेक पछिल्लो एक महिना यताकै सबैभन्दा कम हो ।
पछिल्लो एक महिनाको अवधिमा दुई हप्ता अघि एक दिन मात्रै ११ अर्ब रुपैयाँ भन्दा कम मूल्यको सेयर किनबेच भएको थियो । उक्त दिन ८ अर्ब रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो । बाँकी सबै कारोबार दिनमा ११ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको तथ्याङ्क छ ।

लगातार दोस्रो दिन पनि बजार घट्दा नेप्से सूचक २९६८ बिन्दुमा रोकिएको छ । धितोपत्र बोर्डले ५१ वटा कम्पनीमा लगानी जोखिम रहेको विवरण सार्वजनिक गरेपछि बुधबार बजार ५२ अंकले घटेको थियो । बिहीबार थप १.३० अंकले बजार घटेको हो । ६ वटा उपसमूह हरियो हुँदा ७ वटा उपसमूह रातो भएका छन्। कुनै पनि उपसमूहमा ठूलो घटबढ भएको छैन ।

विकास बैंक समूह ९४ अंकले बढेको छ भने लघुवित्त समूह ६४ अंकले घटेको छ। त्यस्तै बिहीबार कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटबढ भएन । आज १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९ सय ३५ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६ सय ९९ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज विकास बैंक, फाइनान्स लगायत ६ समूहको समूहगत सुचक बढेको छ भने माईक्रोफाईनान्स, बैंकिंग लगायत ७ समूहको समूहगत सुचक घटेकोे छ । आज विकास बैंक समूहको सूचक सर्वाधिक बढी २ं.४ प्रतिशत बढेको छ भने सर्वाधिक बढी माईक्रोफाईनान्स समूहको १.१९ प्रतिशतले घटेको छ ।

आज नेपाल पूनर्बीमा कम्पनीको सर्वाधिक बढि ७७ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको ३० करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन बुधवार २९६९.६९ विन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ९८२ दशमलव ९७ विन्दुदेखि खुला भएको हो । कारोबारको आधा घण्टाको अवधिसम्ममा २ हजार ९४५ दशमलव ५९ विन्दुसम्म झरेको बजारले २ घण्टा ३३ मिनेटको कारोबार अवधिमा २ हजार ९९० विन्दु कायम गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले सूचीकृत विभिन्न ५१ ओटा कम्पनीहरुमा गरिरहेको अध्ययन तथा अनुसन्धानले बजारमा कस्तो प्रभाव पर्ला भन्नेमा अन्योल बनेका लगानीकर्ताहरु बिहीवार भने पर्ख र हेरको अवस्थामा रहेको पाइएको छ ।

देशको जनजीवन कोरोना महामारीका कारण गत वर्षदेखिनै प्रभावित भइरहेको अवस्थामा शेयर बजारबाट आम्दानी गरेर धेरैजसो नेपालीहरुले दैनिकी चलाइरहेको पाईन्छ । कोरोना महामारीका कारण अस्तव्यस्त अन्य व्यवासायिक क्षेत्रका व्यवसायीहरु पनि शेयर बजारमै बैकल्पिक लगानीको रुपमा भित्रिएको जानकारीसमेत ब्रोकरहरुले दिएका छन् ।

सामान्य हल्लाबाट पनि प्रभावित बन्ने नेपालको शेयर बजार नियामककै सूचीकृत कम्पनीहरुको शेयर कारोबारमा चलखेल भएको धारणाप्रति भने निकै प्रभावित बनेको ब्रोकरहरुको अनुमान छ । नियामकले बजार र लगानीकर्ताहरुकै हितका लागि चालेको यो कदमले क्षणिक अन्योलता भएपनि आगामी दिनमा सकारात्मक प्रभाव पर्ने र कारोबारमा हुनसक्ने चलखेललाई कम गर्ने विश्वास पनि ब्रोकरहरुले गरेका छन् ।

उनिहरुले पछिल्लो दुई दिन जानकार लगानीकर्ताहरुले ढुक्क भएर लगानी गरेको र नयाँ लगानीकर्ताहरुमा अन्योलता देखिएकाले पर्ख र हेरको अवस्थामा रहेको जानकारी पनि दिएका छन् । बिहीवार नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५८ अंक घटेर ५४१ दशमदज १२ विन्दुमा झरेको छ ।

सामान्य करेक्सन भएको बिहीवारको बजारबाट विकास बैंकका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक २ दशमलव शून्य ४ प्रतिशत बढेको छ ।

त्यस्तै होटल्स तथा पर्यटनको शून्य दशमलव ९८ प्रतिशत, वित्तको १ दशमलव ४२ प्रतिशत, निर्जीवनको शून्य दशमलव ३५ प्रतिशत, अन्यको १ दशमलव १७ प्रतिशत र जीवन बीमाको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको छ ।

यो दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव १९ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ्गको शून्य दशमलव ५४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३७ प्रतिशत, जलविद्युतको शून्य दशमलव १ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १९ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव २३ प्रतिशत र लगानी समूहको शून्य दशमलव १९ प्रतिशत परिसूचक घटेको छ ।

 

 

Spread the love