आइतवार शेयर बजार परिसुचक नेप्से ६३ दशमलव २८ अंकले गिरावट

असार ६,काठमाण्डौ । शेयर बजार परिसुचक नेप्से आइतवार  ६३ दशमलव २८ अंकले घटेर २ हजार ९०५ दशमलव १४  पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव ५६अंकले घटेर  ५ सय ४१ दशमलव ७०  पुगेको छ ।

आइतवार रू. ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार बराबरको शेयर कारोबार भएको हो ।२३१ ओटा कम्पनीको १ लाख २८ हजार २८१ पटकको व्यापारमा उक्त रकम बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर कारोबार भएको छ ।

बैंकिङ्गको १ दशमलव ८ प्रतिशत, व्यापारिकको २ दशमलव ५१ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३५ प्रतिशत, विकास बैंकको ३ दशमलव ५ प्रतिशत, जलविदुतको ३ दशमलव ३८ प्रतिशत, वित्तको ३ दशमलव ३३ प्रतिशतले परिसूचक घटेको छ । निर्जीवन बीमाको १ दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ४ प्रतिशत, अन्यको २ दशमलव २ प्रतिशत, लघुवित्तको २ दशमलव १८ प्रतिशत, जीवन बीमाको १ दशमलव ७ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २६ प्रतिशत र लगानी समूहको २ दशमलव शून्य ७ प्रतिशतले परिसूचक घटेको छ ।

Spread the love