कुमारी बैंकद्धारा बाढीपीडितलाई सहयोग

असार ७, काठमाडौं । नीजि क्षेत्रको बाणिज्य बैंक कुमारी बैंक लिमिटेडले मेलम्चीका बाढीपीडितलाई सहयोग गरेको छ ।

बैंकले प्रभावितलाई सहयोगस्वरुप ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिला तथा शिशुका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै औषधीहरू सहयोग गरेको हो ।

उक्त राहत सामाग्री कुमारी बैंक लि. मेलम्ची शाखाका शाखा प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाई हस्तान्तरण गरेका हुन् । कुमारी बैंकले समय समयमा राहतका कार्यक्रम गर्दे आएको छ ।

Spread the love

Comment here