सोमवार नेप्सेका सबै परिसुचक घटे

असार ७,काठमाण्डौ । शेयर बजार परिसुचक नेप्से सोमवार ७१ दशमलव ०६ अंकले घटेर २ हजार ८३४ दशमलव ४०  पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव १८ अंक घटेर ५२० दशमलव १८   पुगेको छ ।

सोमवार रू. ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार बराबरको २ करोड ३० लाख ११ हजार ८२० कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२७ ओटा कम्पनीको १ लाख ३० हजार ३९७ पटकको व्यापारमा भएको हो ।

यस दिन सबै भन्दा बढी कारोवार  नेपाल पुनर्बीमा कम्पनीको भएको छ । कम्पनीको रू. १ अर्ब ३० करोड ६१ लाख १५ हजार बराबरको शेयर कारोबार भएको छ ।

बैंकिङ्गको १ दशमलव ७७ प्रतिशत, व्यापारिकको शून्य दशमलव ७७ प्रतिशत, होटल्स तथा पर्यटनको ४ दशमलव ५१ प्रतिशत, विकास बैंकको ४ दशमलव ६ प्रतिशत, जलविद्युतको ५ दशमलव २ प्रतिशत, वित्तको ५ दशमलव १८ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ८९ प्रतिशतले घटेको छ ।यसैगरी उत्पादन तथा प्रशोधनको २ दशमलव ८१ प्रतिशत, अन्यको २ दशमलव ४ प्रतिशत, लघुवित्तको १ दशमलव ९९ प्रतिशत, जीवन बीमाको २ दशमलव ५१ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ३८ प्रतिशत र लगानी समूहको शून्य दशमलव ४८  परिसूचक घटेको छ ।

सोमवार नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतले सबै भन्दा बढी नाफा कमाएको छ ।उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६५ ले बढेर अन्तिम मूल्य रू. ७१७ पुगेको हो । यस दिन पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । पोखरा फाइनान्सको प्रतिकित्ता रू. ६० ले घटेर अन्तिम मूल्य रू. ५८८ र युनिभर्सल पावर कम्पनीको प्रतिकित्ता रू. २८ ले घटेर अन्तिम मूल्य रू. २७९ मा झरेको छ ।

Spread the love