बुधवार सुनको मुल्यमा ३ सयले वृद्दि

असार ९ , काठमाडौँ । बुधवार सुनको मुल्यमा ३ सयले वृद्दि भएको छ । मङ्गलवार प्रतितोला ९० हजार ४ सयमा कारोवार भएको छापावाला सुनको मुल्य बुधवार प्रतितोला ९० हजार ७ सयमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सयमा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मुल्यमा ५ रुपैयाले गिरावट आएको छ । मङ्गलवार प्रतितोला १ हजार ३ सयमा कारोवार भएको चाँदीको मुल्य बुधवार प्रतितोला १ हजार २ सय ९५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love