नेको इन्स्योरेन्सको बार्षिक साधारणसभा यहि असार ३१ गते हुने

असार ११, काठमाडौं । नेको इन्स्योरेन्सको २५ औँ साधारणसभा यहि असार ३१  गते हुने भएको छ । कम्पनीको ४०७ औँ बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले साधारण भर्चुअल विधिबाट हुने साधारण सभामा सहभागी हुन सबै शेयर धनीलाई आग्रह गरेको छ । त्यस्तै सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार आर्थिक वर्ष २०७६/०७७ को नाफा र नोक्सान हिसाबबाट चुक्ता पूँजीको ० दशमलब ८२५ नगद लाभांश कर प्रयोजनको लागि एक करोड ७४ लाख सात हजार चारसय ७० रुपैयाँ पारित गर्ने प्रस्ताव पनि पेश हुने भएको छ ।

सभामा अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदनसहित सबै वित्तीय विवरणहरुमाथि छलफल गरेर पारित गर्ने प्रस्ताव गरिएको कम्पनीले बताएको छ ।

 

Spread the love