आज साँझ चिनियाँ राष्ट्रपतिसंग नेपाली नेताहरुको अन्तरक्रिया हुने

असार २२, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य राजनीतिक दलका शीर्ष नेताहरुले आज भर्चुअल माध्यमबाट छलफल गर्ने भएका छन् ।

चीनका राष्ट्रपतिसंग नेपालका नेताहरुको दोहोरो कुराकानी हुनेछ । नेपालबाट प्रधानमन्त्री ओली सहित कांग्रेस सभापति शेरवहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले बरिष्ठ नेता माधब कुमार नेपाल, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी हुने स्रोतले जनायो ।
छलफल आज साँझ सवा ६ बजे हुनेछ । छलफलमा दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ । सीपीसीको  स्थापना दिवसभन्दा अघि नै नेपालका शीर्ष नेताहरूले चिनियाँ राष्ट्रपतिलाई शुभकामना सन्देश पठाएका थिए ।

आजको अन्तरक्रियामा बिश्वका धेरै देशहरुका नेताहरु भर्चुअल कार्यक्रममा जोडिनेछन् ।

 

 

Spread the love