नेपाल वायुसेवा निगमले भन्यो,‘निगमलाई निजीकरण गर्न लागिएको होइन ’

असार २७, काठमाडौं । नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेको कार्यको विषयमा अनावश्यक भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आपत्ति जनाएको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले निगमका बारेमा विभिन्न महानुभावहरुबाट अनावश्यक र भ्रमपूर्ण हल्ला फैलाउने काम भएको भन्दै सोप्रति मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

‘नेपाल वायुसेवा निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यहरुको सम्बन्धमा विभिन्न महानुभावहरूबाट भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको सम्बन्धमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रकृयाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
 हेर्नुस, बिज्ञप्ति ।

 

Spread the love