उपत्यकामा निषेधाज्ञा थपियो, तर लामो दुरीका सवारी आउन पाउने

असार ३१, काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण भन्दै गरिएको निषेधाज्ञा १० दिन थपिएको छ । तर, यो पटकको निषेधाज्ञामा भने उपत्यका भित्र लामो दुरीका सवारी भने आउन पाउनेछन् ।

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय गरेको हो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यकाको जारी निषेधाज्ञा भने १० दिन थप्ने निर्णय गरेको जानकारी दिए ।
अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिइने भएको छ ।
                                      हेरौं, निषेधाज्ञामा के के अझै बन्द छन्, के के खुले ?

Spread the love