सामान्य अंकले बढ्यो नेप्से, १२ अर्ब बढीको शेयर कारोवार

साउन १७, काठमाडौं । आइतवार नेप्से परिसूचक १ दशमलव २५ अंक बढेर ३ हजार ८१ दशमलव शून्य ५ विन्दुमा बन्द भएको छ । ३ हजार ८८ दशमलव ४५ विन्दुदेखि खुला भएको आइतवारको बजार ३ हजार ९९ दशमलव १३ विन्दुसम्म पुगेको थियो भने ३ हजार ७६ विन्दुसम्म झरेको थियो ।

आइतवार १२ अर्ब १० करोड ३८ लाख ७१ हजार रुयैयाँ बराबरको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२६ कम्पनीको १ लाख १७ हजार ४९० पटकको व्यापारमा भएको हो ।

यो दिन नेशनल हाइड्रोपावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको सर्वाधिक ३६७ करोड ६ लाख ५३ हजार रुयैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यस दिन सर्वाधिक रकमको कारोबार गर्ने पाँच कम्पनीहरुमा जलविद्युत कम्पनीहरुनै रहेका छन् । नेशनल हाइड्रोपावरसँगै युनाइटेडमोदी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेण्ट ,ङादी ग्रुप पावर र यनिभर्सल पावर कम्पनी सर्वाधिक रकमको कारोबार गर्ने पाँच कम्पनीभित्र परेका हुन ।

सर्वाधिक रकमको कारोबार भएको नेशनल हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता १५ दशमलव ६० रुयैयाँले बढेर अन्तिम मूल्य ३८४ दशमलव ५० रुयैयाँमा पुगेको छ ।

आइतवार ११ कम्पनीको शेयरमूल्य उच्च दरमा बढ्दा छ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले र बाँकी ५ कम्पनीको शेयरूमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

सिनर्जी पावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रीन लाईफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आइतवारको कारोबारमा जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ४९ प्रतिशतले बढेको छ ।

त्यस्तै व्यापारिकको १ दशमलव ७३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५२ प्रतिशत, लघुवित्तको १ दशमलव १७ प्रतिशत र लगानी समूहको १ दशमलव ६१ प्रतिशत परिसूचक बढेको छ । यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक २ दशमलव ३२ प्रतिशत घटेको छ ।

यो सँगै बैंकिङ्गको शून्य दशमलव २७ प्रतिशत, वित्तको १ दशमलव १८ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव १४ प्रतिशत, अन्यको १ दशमलव ४३ प्रतिशत, जीवन बीमाको १ दशमलव १५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव १३ प्रतिशतले परिसूचक घटेको छ ।

 

 

 

Spread the love

Comment here