राष्ट्रिय वाणिज्य बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित

साउन ३१ ,काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले यस अवधिमा रु. ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।गत आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो ।

आ.व. २०७७/७८ को बैंकको खुद ब्याज आम्दानी रु. ८ अर्ब २४ करोड रहेको छ । गत वर्ष रु. ९ अर्ब ४५ करोड रहेको थियो।  कुल संचालन आम्दानी रु. ९ अर्ब ७६ करोड रहेको छ ।  गत वर्ष रु. १० अर्ब ७० करोड रहेको थियो।  संचालन नाफा गत वर्ष रु. ५ अर्ब ९४ करोड रहेको थियो  भने  आ.व. २०७७/७८ को रु. ५ अर्ब ९ करोड रहेको छ । कूल समग्र आम्दानी रु. ६ अर्ब ३७ करोड रहेको छ । गत वर्ष रु. २ अर्ब ४८ करोड रहेको थियो।  वितरणयोग्य मुनाफा रु. ४ अर्ब ५२ करोड रहेको छ । गत वर्ष रु.४४ करोड ७७ लाख रहेको थियो।

२०७८ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुंजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानीरु.४१.३२ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको बैकले जनाएको छ ।

Spread the love