सुनको मुल्य तोलामा ४ सयले बढ्यो

भदौ १,काठमाडौं । मंगलबार सुनको मुल्यमा ४ सयले वृद्दि भएको छ । सोमबार प्रतितोला ९० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य सोमबार मंगलबार प्रतितोला ९१ हजारमा कारोवार भइरहेको छ । मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ५ सयमा कारोवार भइरहेको छ ।

मंगलबार चाँदीको मुल्यमा १० रुपैयाले वृद्दि भएको छ । सोमबार प्रतितोला १ हजार २ सयमा कारोवार भएको चाँदीको मुल्य मंगलबार प्रतितोला १ हजार २ सय १० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love