नेप्से परिसूचक शून्य दशमलव २३ अंकले बढ्यो ,१८ अर्ब भन्दा माथिको कारोवार

भदौ १,काठमाडौं ।  नेप्से परिसूचक शून्य दशमलव २३ अंकले बढेर ३ हजार १६० दशमलव ३२ विन्दुमा  बन्द भएको छ ।त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३५ अंक बढेर ५९३ दशमलव २८ विन्दुमा पुगेको छ ।

विकास बैंकको समूहगत परिसूचक ५ दशमलव १७ प्रतिशत, वित्तको ४ दशमलव ८८ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २६ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ९ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक बढेको छ ।

व्यापारिकको १ दशमलव ५३ प्रतिशत, जीवन बीमाको १ दशमलव ४१ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव शून्य ४ प्रतिशत, बैंकिङ्गको १ दशमलव १ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९२ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ८५ प्रतिशत परिसूचक घटेको छ ।

मंगलवार १८ अर्ब २० करोड ४९ लाख ३९ हजार बराबरको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर कारोबार भएको छ । २२१ ओटा कम्पनीको १ लाख ६१ हजार ७२१ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको छ ।

मंगलवार सबै भन्दा बढी शेयर कारोवार अपि पावर कम्पनीले ओगटेको छ । अपि पावरको रू. ८६ करोड ३८ लाख २४ हजार बराबरको १३ लाख ४१ हजार २४० कित्ता शेयर कारोबार भएको छ ।

Spread the love