सुनको मुल्य तोलाको २ सयले गिरावट,चाँदीको मुल्य स्थिर

भदौ १० ,काठमाडौं । विहीवार सुनको मुल्यमा २ सयले गिरावट आएको छ । बुधवार प्रतितोला ९१ हजार ३ सयमा  कारोवार भएको सुनको मुल्य विहीवार प्रतितोला ९१ हजार १ सयमा कारोवार भइरहेको छ । विहीवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ६ सयमा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । बुधवार प्रतितोला १ हजार २ सय १० रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार पनि  प्रतितोला १ हजार २ सय १० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love