नेप्से परिसूचक शून्य दशमलव  ५७ अंक बढयो ,१३ अर्ब भन्दा माथिको कारोवार

भदौ १०,काठमाडौं ।  नेप्से परिसूचक शून्य दशमलव  ५७ अंक बढेर ३ हजार ९४ दशमलव शून्य १ विन्दुमा  बन्द भएको छ ।त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव ४० अंक  बढेर ५७१ दशमलव ३९  विन्दुमा पुगेको छ ।

बिहीवार रू. १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार बराबरको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर कारोबार भएको छ ।

बिहीवार बैंकिङ्ग समूहको शून्य दशमलव ३७ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ३८ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ८७ प्रतिशत, लगानी समूह समूहको शून्य दशमलव शून्य ८ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव ३ प्रतिशत परिसूचक घटेको छ ।

विकास बैंक समूहको ४ दशमलव २२ प्रतिशत र वित्त समूह समूहको ३ दशमलव ८२ प्रतिशत बढेको छ ।

आज सबैभन्दा बढी कारोवार अरुणभ्याली हाइड्रोपावरको  रहेको छ । कम्पनीको रू. ९३ करोड ८४ लाख ४० हजार बराबरको शेयर कारोबार भएको हो ।सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि १० प्रतिशतले बृद्धि भएको छ । अरुणभ्याली हाइड्रोपावरको शेयरमूल्य यस दिन प्रतिकित्ता रू. ६५ दशमलव ५० ले बढेर अन्तिम मूल्य रू. ७२० दशमलव ५० कायम भएको हो ।

Spread the love