मणिपाल खरिद विक्री कान्ड र नेपाली सोचाइ

भदौ १६,काठमाडौं । पछिल्लो समय नेपालको व्यापारीक क्षेत्रमा सनसनी पुर्ण बनेको मणिपाल अस्पताल खरिद विक्री काण्ड यथार्थ भन्दा बाहिर कै बहसमा केन्द्रीत भएको छ । भारतीय सञ्चालकबाट मणिपाल कलेज खरिद गर्ने नेपाली समूह बापो होल्डिङ्सले सरकारलाई थाहै नदिई सुटुक्क मणिपाल कलेज किनेको, कलेजले बर्सौँ देखी सरकारलाई कर नतिरेको र मणिपालले बिक्री गर्न नमिल्ने सम्पत्ति बेचेको, स्वतः सरकारको हुने सम्पत्ति नयाँ समूहले किनेको भन्ने जस्ता समाचारहरू ब्यापकरुपमा प्रकाशित/प्रसारित गर्ने काम भइरहेको छ ।   भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको  मणिपाल मेडिकल कलेज आनन्द राज बतास र नारायण पौडेलले संस्थागत रूपमा खरिद गरेका हुन्।

लामो समय देखी भारतिय सन्चालकको स्वामित्वमा रहेको मणिपाल कलेज नेपालको पहिलो निजी मेडिकल कलेज हो तर मणिपालबाट हुने लाभ भारतमा जानु भन्दा नेपालिले पाउने गरी नेपालिले खरिद गर्दा बजारमा जुन हो-हल्ला भएको छ त्यस्ले नेपाली समाजको मानशिकतालाई चरितार्थ गरेको छ ।

यसमा के सही के गलत भन्दा पनि कानुनी रुपमा त्यो प्रक्रिया सही छ कि छैन भन्ने कुरा हो जहाँ  नेपाल सरकार र मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपबिच भएको सम्झौतामा उनिहरुले चाहेको खन्डमा बेच्न सक्छन भनेर स्पष्ट जनाएको छ । ४९ वर्षका लागि जमिन उपलब्ध गराएको सम्झौतपत्रमा उल्लेख छ, तर त्यसको बिक्री गर्न नपाउने भन्ने बुँदा सम्झौतापत्रमा छैन ।
मणिपालबाट हुने मुनाफा विदेशिले नै पाउनु पर्ने भन्ने नेपालिको सोच हो अथवा के कारणले विरोध भइरहेको छ भन्ने कुरा बुझिएको छैन ।

मणिपाल खरिद विक्री भएको मणिपाल अस्पताल रहेको आफ्नो निजी भवन हो । जुन नेपाल सरकारको होइन मणिपाल अस्पतालले आफ्नो निजी भवन नेपालका डिजी व्यवसायीहरुले किन्न नसक्ने भन्ने कुनै सवाल नै रहदैन ।  त्यसैगरी सरकारको जुन लिज छ त्यो लिज नेपाल सरकार संग भएको सम्झौतामा लिज ट्रान्स्फर गर्न मिल्ने  कुरा उल्लेख भएकाले  त्यसमा कुनै सम्स्या देखिएको छैन ।त्यसकारण पछिल्लो समय मणिपाल अस्पताल नेपाली दुइ जना व्यवसायी ले खरिद गरेका छन यो खरिद हुनुमा जुन विरोध अएको छ यो विरोध नबुझेर गरिएको हो या गलत नियतले गरिएको हो भनेर भन्न सकिन्छ । शेयर किनबेच गर्ने सम्झौता यदि कुनै दुई वटा कम्पनीले गर्छन् भने त्यो नै पहिले सरकारबाट स्वीकृति लिएर गर्नु पर्छ भन्ने कानुनी व्यवस्था छैन ।कलेजले कर नतिरेको र नक्सा पास नै नगरी भवन निर्माण गरेको विषय हो । यसबारे स्पष्ट कुरा के हो भने मणिपाल मेडिकल कलेजको करको विषय अहिले पनि अदालतमा छ । त्यसैले न्यायिक निरूपणको प्रक्रियामा रहेका विषयमा कसैले सार्वजनिकरुपमा अन्यथा टिप्पणी गर्न मिल्दैन ।

यसमा सवाल के उठछ भने के नेपाली व्यवसायी ले त्यो मुनाफा लिनु हुन्न ?  के भारतको स्वामित्वमा रहिरहेको नेपालिमा आउनु हुन्न ? वा हामिले खोजेको के हो नेपाल सरकारलाइ जानकारी नदी भन्नुको सन्दर्भमा नेपाल सरकारसंग लिज लिएको हो । जब अरबौ पैसा चाही वार्षिक रुपमा विदेश जानी कुरा नेपालमै रहनी कुरामा प्रक्रियाकै कुरा लियर प्रश्न गर्नु के जायज हुन्छ ?  प्रक्रिय कै कुरामा पनि चाहेको खण्डमा खरिद विक्री गर्न सकिन्छ भनेर सम्झौतामा उल्लेख गरिएको छ खरिदविक्री विदेशीलाइ मात्र बेच्नु पर्छ विदेशीले मात्र मुनाफा खानु पर्छ भन्ने होइन । कोही पनि नेपाली अर्को नेपालिले राम्रो आर्जन गर्न थल्यो विदेश जानी पैसा रोकेर नेपाल मै कमाइ गर्न थाल्यो भन्दा खेरी आप्पती गर्नु पर्नी कुनै कारण रहेको देखिन्न ।

Spread the love