बुधवार नेप्से परिसूचक  १ दशमलव १४ अंकले बढ्यो , ९ अर्ब भन्दा माथिको कारोवार

भदौ १६ ,काठमाडौं ।  बुधवार नेप्से परिसूचक  १ दशमलव १४ अंकले बढेर २ हजार ९७६ दशमलव ९८ विन्दुमा बन्द भएको छ ।

बुधवार  बैंकिङ्ग क्षेत्रको परिसुचक शून्य दशमलव ४ प्रतिशत , होटल्स तथा पर्यटन समूह क्षेत्रको परिसुचक परिसूचक सर्वाधिक ३ दशमलव ७६ प्रतिशत जीवन बीमा क्षेत्रको परिसुचक शून्य दशमलव ४४ प्रतिशत र लगानी समूह क्षेत्रको परिसुचक शून्य दशमलव शून्य १ प्रतिशतले परिसूचक बढेको छ ।

वित्त समूह क्षेत्रको परिसुचक  सर्वाधिक २ दशमलव ७५ प्रतिशत ,विकास बैंक क्षेत्रको परिसुचक शून्य दशमलव ७ प्रतिशत, व्यापारिक क्षेत्रको परिसुचक शून्य दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधन क्षेत्रको परिसुचक शून्य दशमलव शून्य ४ प्रतिशत र जलविद्युत क्षेत्रको परिसुचक शून्य दशमलव ५८ प्रतिशतले परिसूचक घटेको छ ।

बुधवार रू. ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार बराबरको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर कारोबार भएको छ । २२६ कम्पनीको १ लाख ४ हजार ३४२ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको छ । बुधवार सबै भन्दा बढी कारोवार  अरुणभ्याली हाइड्रोपावरको रहेको छ ।यस कम्पनीको रू. ५९ करोड ९९ लाख ३६ हजार बराबरको शेयर कारोबार भएको हो ।

Spread the love