आइडिया आइकन २०२१ टाइटल प्रदान

भदौ २१,काठमाडौ । नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर एसोशिएसन अफ नेपालले इन्टेरियरमा हस्तकलालाई समायोजन गर्ने आइडिया प्रदान गर्ने प्रतिस्पर्धाका तिन जनालाई आइडिया आइकन २०२१ को टाइटल प्रदान गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच इन्टेरियर डिजाइनमा हस्तकलालाई समायोजन गर्दै हस्तकलालाई व्यवसायिक रुप दिन सकिने सन्दर्भमा आफ्नो अवधारणा प्रस्तुत गरी विजेता भएका ३ जनालाई आइडिया आइकन २०२१ को टाइटलसहित नगद पुरस्कार प्रदान गरिएको हो । विजेताहरु रबिना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधानले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पाउनुभएको छ ।

नेपाल सरकारले कोसेली घरको अवधारणा ल्याएको सन्दर्भमा आधुनिक प्रविधि र हस्तकलालाई समायोजन गर्दै कसरी कोसेली घर निर्माण गर्न सकिन्छ र आधुनिक प्रविधिको इन्टेरियर र मौलिक पहिचानको हस्तकलालाई समायोजन गराउने सम्बन्धमा ४० जनालाई प्रतिस्पर्धा गराएर ३ जना छानिएको नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले बताउनुभयो ।

परम्परागत रुपमा रहेको हस्तकलाको सिप नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको र नयाँ पुस्ता आकर्षित हुन नसकेको अवस्थामा देशको मौलिक कला, संस्कृतिलाई नयाँ प्रविधिको समेत अवलम्बन गर्दै संरक्षण गर्न आइडिया आइकन २०२१ ले महत्वपूर्ण भुमिका खेल्ने हस्तकला महासंघका उपाध्यक्ष शाक्यले बताउनुभयो ।

 

Spread the love