युएई दुतावासद्दारा विशिष्ट व्यक्तिहरुलाई डिनर आयोजना

भदौ २१,काठमाडौ ।  युएई दुतावासले दुवई एक्सो २०२१ को सन्दर्भ पारेर केही विशिष्ट व्यक्तिहरुलाई डिनर आयोजना गरेको छ ।
आईतबार युएईका राजदुत सईद हमदान अल नक्बीले दुवईमा हुन लागेको दुवई एक्सो २०२१ ले नेपाल र युएई विचको व्यापारिक तथा पर्यटकिय साझेदारी बढ्ने विश्वास व्यक्त गरे ।

१ सय ९२ देशको उपस्थिति रहने सो एक्स्पोमा नेपालले पनि आफ्नो प्याभिलियन राख्ने भएको छ । नेपालका तर्फबाट इम्मीमेन्टिङ एक्स्पर्ट गु्रपका अध्यक्ष अमृत रत्न शाक्यले एक्पोमा रहने नेपाल प्याभिलियनको बारेमा जानकारी सहितको प्रस्तुती गरेका थिए ।

कार्यक्रममा बोल्दै बाणिज्य तथा आपुर्ति सचिव दिनेश भट्टराईले दुवईमा हुन लागेको एक्पोमा नेपालको पनि प्रतिनिधित्व हुन पाउनु गर्वको कुरा रहेको बताए । सचिव भट्टराईले नेपालले आफ्नो प्याभिलियन मार्फत आफ्नो कला, संस्कृति मात्र नभएर नेपालबाट निर्यात हुन सक्ने उत्पादनको बिषयमा पनि जानकारी दिनुपर्ने धारणा राखे ।

कोभिड प्रोटोकल मेन्टेन गर्दै आयोजना गरिएको सो डिनर मिटमा नेपाल सरकारका सचिव तथा सहसचिव, नेपाल प्याभिलियनका संस्थापक, युएईका विभिन्न एयरलाईन्सका स्थानिय पार्टनरहरु र वल्ड ट्रेड  ग्रुप नेपालका अध्यक्षको  उपस्थिती रहेको थियो ।

Spread the love