घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न मोबाइल व्यवसायीहरुको माग

भदौ २३,काठमाडौं । कोभिड संकटको मारमा परेमा मोबाईल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

मोबाईल व्यवसायीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै नेपाल मोबाईल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले लकडाउन अवधिको घर भाडा वापतको रकम आयकरबाट समायोजन हुने व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो । उहाँले सरकारले अन्य उद्योगलाई सहुलियत ब्याजदरमा ऋण प्रवाहको व्यवस्था गरेपनि आफूहरुलाई नगरेको भन्दै असन्तुष्टि समेत गर्नु भयो । महासंघले राज्यको करछली गरि भित्रिएका मोबाईलहरुलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरु पनि लागिपर्ने प्रतिवद्धता समेत जनाएको छ ।

महासंघको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै मोबाईल व्यवसायीहरुले ३ अर्व ५२ करोड राजस्व राज्यलाई बुझाएका छन । महासंघका अध्यक्ष भट्टराईले आर्थिक वर्ष ०७५÷७६ को तथ्यांकलाई मात्रै हेर्ने हो भने वार्षिक ४२ लाख ७५ हजार सेट मोबाईल नेपाल भित्रिएको र त्यसको विक्री गरी ३ अर्व ५२ करोड घर राज्यलाई बुझाइएको पनि जानकारी दिनु भयो ।

ठूलो मात्रामा कर तिर्ने मोबाईल व्यवसायलाई भने कोरोनाकालमा राज्यले कुनै पनि खालको सहुलियत नदिएकोमा मोबाईल व्यवसायीहरुको गुनासो छ । उनीहरुले मोबाईल व्यवसायको पुनर्जीवनका लागि पनि ऋण प्रवाहमा अन्य व्यवसायलाई जस्तै सहुलियत दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।

 

Spread the love