भदौ २७ ,काठमाडौं । आइतवार सुनको मुल्यमा ४ सयले गिरावट आएको छ । शुक्रवार प्रतितोला ९० हजार ७ कारोवार भएको सुनको मुल्य आइतवार प्रतितोला ९० हजार ३ सयमा कारोवार भइरहेको छ । आइतवार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ८ सयमा कारोवार भइरहेको छ ।

आइतवार चाँदीको मुल्यमा २० रुपैयाले गिरावट आएको छ  । शुक्रवार प्रतितोला १ हजार २ सय १५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतवार प्रतितोला १ हजार १ सय ९५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love