सुनको मुल्य तोलामा ३ सयले बढयो

भदौ २८ ,काठमाडौं । सोमबार  सुनको मुल्य ३ सयले वृद्दि भएको छ । आइतवार प्रतितोला ९० हजार ३ सयमा कारोवार भएको सुनको मुल्य सोमबार प्रतितोला ९० हजार ६ सयमा कारोवार भइरहेको छ । सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार १ सयमा कारोवार भइरहेको छ ।

सोमबार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ । आइतवार प्रतितोला १ हजार १ सय ९५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमबार प्रतितोला १ हजार २ सयमा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love

Comment here