साताको दोस्रो दिन ९ अर्ब माथिको शेयर कारोवार

भदौ २८ ,काठमाडौं ।  शेयर बजार परिसुचक नेप्से शून्य दशमलव २७ अंकले ढेर २ हजार ९४७ दशमलव ६९ विन्दुमा बन्द भएको छ  । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५५ अंकले बढेर ५४८ दशमलव ८७ विन्दुमा पुगेको छ ।

सोमवार रू. ९ अर्ब २९ करोड ५ लाख ५४ हजार बराबरको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर कारोबार भएको हो । यो कारोबार २२६ ओटा कम्पनीको ९३ हजार २१८ पटकको व्यापारमा भएको हो ।

बैंकिङ्ग क्षेत्रको परिसुचक शून्य दशमलव ८६ प्रतिशत, विकास बैंक क्षेत्रको परिसुचक शून्य दशमलव शून्य ८ प्रतिशत,वित्त क्षेत्रको परिसुचक शून्य दशमलव शून्य ९ प्रतिशत,होटल्स तथा पर्यटन क्षेत्रको परिसुचक  शून्य दशमलव १२ प्रतिशत,  निर्जीवन बीमा क्षेत्रको परिसुचक शून्य दशमलव ८६ प्रतिशतले बढेको छ ।

जलविद्युत्,उत्पादन तथा प्रशोधन ,लगानी समूहको परिसुचक भने घटेको छ ।

Spread the love