मङ्गलबार यस्तो छ तरकारीको मुल्य

भदौ २९,काठमाडौं । मङ्गलबार काठमाण्डौमा आलु रातो(भारतीय) को मुल्यमा २ रुपैयाँले गिरावट भएको छ । सोमबार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य मङ्गलबार प्रतिकेजी २७ रूपैयाँमा कारोवार भइरहेको छ ।

मङ्गलबार काउली (स्थानिय)को मुल्य स्थिर रहेको छ । सोमबार प्रतिकेजी ८० रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य मङ्गलबार पनि प्रतिकेजी ८० रुपैंयामा कारोवार भइरहेको छ । मङ्गलबार प्याज सुकेको (भारतिय)को मुल्यमा २ रुपैयाँ २० पैसाले गिरावट भएको छ । सोमबार प्रतिकेजी ४५ रुपैयामा कारोवार भएको प्याज सुकेको (भारतिय) मङ्गलबार प्रतिकेजी ४२ रुपैया ८० पैसामा कारोवार भइरहेको छ।

सोमबारको तुलनामा मङ्गलबार गोलभेडा सानो(टनेल)को मुल्यमा १ रुपैयाँले गिरावट भएको छ। सोमबार प्रतिकेजी १२ रुपैया ८० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल) मङ्गलबार प्रतिकेजी ११ रूपैयाँ ८० पैसामा कारोवार भइरहेको छ । मङ्गलबार सानो गोलभेडा(लोकल्) को मुल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतिकेजी ७ रुपैया ५० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य मङ्गलबार प्रतिकेजी ८ रुपैयामा कारोवार भइरहेको छ।

Spread the love