केही समय खर्च गर्ने अवस्था नहुन सक्छ : जनार्दन शर्मा

भदौ २८ ,काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले संसदबाट विनियोजन विधेयक २०७८ पारित हुन समय लागेको खण्डमा केही समयका लागि खर्च गर्ने अवस्था नहुनपनि सक्ने बताउनुभएको हो । उहाँले विधेयक पारित गर्नका लागि छलफल भने गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘अब विधेयक पारीत गर्न छलफल, वार्ता, सहमती हामी गरिराखेका छौँ । सहमती हुँदा त्यसलाई हामी सहमती अनुसार पारीत गर्छौ । नहुँदा नियमित प्रक्रिया पुर्‍याएर पारीत गर्छौ । पारीत गर्न केही समय ग्याप रह्यो भनेपनि त्यसपछि खर्च गर्ने हुन्छ । केही समयमा खर्च गर्ने अवस्था नहुन पनि सक्छ । तर हाम्रो कोसिस वार्ता, संवादतिर चलिराछ ।’

अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको भन्दै त्यस अन्र्तगत कर उठिराख्ने पनि बताउनुभयो ।

Spread the love