सुनको मुल्य तोलमा ६ सयले बढयो,चाँदीको मुल्य स्थिर

भदौ ३०,काठमाडौ । बुधवार सुनको मुल्य ६ सयले वृद्दि भएको छ । मङगलवार प्रतितोला ९० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला ९१ हजार २ सयमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ७ सयमा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । मङगलवार प्रतितोला १ हजार २ सयमा कारोवार भएको चाँदीको मुल्य बुधवार पनि प्रतितोला १ हजार २ सयमा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love