शेयर बजार परिसुचक नेप्से  ७६ दशमलव ६५ अंकले गिरावट

भदौ ३१,काठमाडौ । शेयर बजार परिसुचक नेप्से  ७६ दशमलव ६५ अंकले घटेर २ हजार ८१२ दशमलव ३८ विन्दुमा झरेको छ ।त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२ दशमलव ७३ अंकले घटेर ५२५ दशमलव ७८  विन्दुमा पुगेको छ ।

बैंकिङ्ग क्षेत्रको परिसुचक २ दशमलव ११ प्रतिशत, विकास बैंक क्षेत्रको परिसुचक ३ दशमलव ६३प्रतिशत, वित्त क्षेत्रको परिसुचक ४ दशमलव ९४ प्रतिशत, होटल्स तथा पर्यटन क्षेत्रको परिसुचक ३ दशमलव ६३प्रतिशत,  निर्जीवन बीमा क्षेत्रको परिसुचक २ दशमलव ९४ प्रतिशत र व्यापार क्षेत्रको परिसुचक ३ दशमलव २६६ प्रतिशतले बढेको छ ।

बिहीबार ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज  मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ । सबै भन्दा बढी शेयर कारोवार अरुण भ्याली हाइड्रोपावर कम्पनीको रहेको छ ।

Spread the love